दफा १२९
दुर्घटनामा परेका सवारी र यात्रीको हानि नोक्सानी गर्न नहुने
कुनै सवारी दुर्घटनामा परी हताहत वा घाइते भएका यात्री तथा सवारीमा काम गर्ने कुनै व्यक्तिलाई पिट्न वा तिनीहरूको मालसामानको हिनामिना गर्न, खोस्न वा तिनीहरूलाई कुनै पनि किसिमले हानि नोक्सानी पुर्याउनु हुँदैन ।